
काठमाडौँ, ६ माघ । शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिनुभएको छ ।
सोमबार बसेको संसद बैठकलाइ संबोधन गर्दै तुम्बाहाङ्फेले पदबाट राजीनामा दिनुभएको हो ।
पदबाट राजीनामा दिनुअघि तुम्बाहाम्फेले संसदमा धारणा राख्ने इच्छा देखाएपछि संसद बैठक दुई पटक बोलाइएको हो । पहिलो बैठकको अध्यक्षता गर्दै तुम्बाहाम्फेले नयाँ सभामुख निर्वाचनका लागि मार्ग प्रशस्त गर्न आफुले राजीनामा दिएको बताइन् ।
‘उपसभामुख पद पनि रिक्त गरेर यस गरिमामय सदनलाई नेतृत्वविहीन राख्नु उचित नहुने मान्यताका आधारमा सभामुख चयनको ठोस आधार सिर्जना भएपछि आफूले मार्गप्रशस्त गर्ने भनेर मैले सार्वजनिक रुपमा राखेको मान्यता पनि सम्मानित सदनसमक्ष अभिलिखित गराउन चाहन्छु,’ उपसभामुख तुम्बाहाङ्फेले संसदलाई सम्बोधन गर्दै भनिन्।
तुम्बाहाम्फेले दुई वर्षको आफ्नो कार्यकाल अविस्मरणीय रहेको भन्दै यस भूमिकामा आफूलाई सघाएकामा सबैलाई धन्यवाद दिइन् ।
अब दाेस्रो बैठक चार बजे सुरु हुनेछ । दोस्रो प्रतिनिधिसभा बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरले राष्ट्रपतिबाट सपथग्रहण गरेर सञ्चालन गर्नुहुनेछ ।
उपसभामुख तुम्बाहाङ्फेको सम्बोधनको पूर्ण पाठ













प्रतिक्रिया