३ कार्तिक २०८३, मंगलबार

उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ माघ ।   उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने भएकी छिन् । तुम्बाहाङ्फेले प्रतिनिधिसभाको बैठक बस्नुअघि सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् ।

अपराह्न १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने निकट स्रोतले जनाएको छ ।

त्यसपछि आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो ।