
काठमाडौँ, ६ माघ । कास्कीको अन्नपूर्ण पदमार्गमा बेपत्ता भएका पर्यटकको खाजीमा कठिनाइ दखिएको छ । हराइरहेका चार कोरियाली र तीन नेपालीको खोजीमा बाक्लो हिमपात र चिसोका कारण समस्या देखिएको हो ।
बेपत्ताहरुको खोजीका लागि सुरक्षाकर्मी लगायत टानका प्रतिनिधि, होटल व्यवसायी र स्थानीयको टोलीले खोजी गरिरहे पनि बेपत्ताहरुको पत्ता लाग्न नसकेको हो । उद्वार र खोजीका लागि हिमपात र चिसोलेसमेत प्रभाव पारेकोे छ । हराएकाहरुको आकाशबाट हेलिकप्टरको सहायताले समेत खोजी भइरहे पनि अहिलेसम्म केहि पत्ता लाग्न नसकेको हो ।
मौसमका कारण जमिनबाट खोजी गर्न सकिएको छैन। शनिबार बेलुकी फेरि हिमपात भएकाले पुनः पहिरो गएको र आइतबार दिउँसो १२ बजेदेखि पुनः हिम परेकाले खोजीकार्य अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए।
ली मिन सु, किम सुक जा, जोङ पिल बोङ र चोई ह्यो वोन गरि चार जना कोरियाली र नेपाली पथप्रदर्शक सरोज परियार र २ सहयोगी मिनबहादुर लामा (तामाङ) तथा छिरिङ भोटे पहिरोपछि सम्पर्कविहीन छन्।
पदयात्राका क्रममा हराएका चार चिनिँया पर्यटक भने सम्पर्कमा आएका छन् । उनीहरू मुस्ताङबाट थोरङ पास हुँदै मनाङ झरेर पदयात्रा पूरा गरी पोखरा आइसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकारी ऋषि बरालले जानकारी दिए।
मनाङ निस्याङ गाउँपालिका–९ स्थित एक्याप चेकपोस्टमा पुस २७ गते इन्ट्री भएका उनीहरू शनिबारसम्म सम्पर्कमा नआउँदा प्रहरी र स्थानीयले खोजी गरेका थिए।











प्रतिक्रिया