
काठमाडौँ, ५ माघ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले विभागीय टिम एपीएफ क्लवलाई ३ २ गोल अन्तरले पराजित गरेको छ ।
आइतबार भएको खेलमा एनआरटीलाई जित दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक एक गोल गरे । एपीएफका आशिष लामाले दुई गोल फर्काए ।
रोमान्चक बनेको खेलमा आन्द्रेले २४ औं मिनेटमा गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दा पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा एपीएफले अग्रता बनायो । खेलको ५४ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८० औं मिनेटमा जोर्डनले गोल गर्दै एनआरटीलाई २-२ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८५ औं मिनेटमा दर्शनले गोल गर्दै एनआरटीलाई ३/२ को रोमान्चक जित दिलाए ।
खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच चुनिए ।
जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ७ खेलमा ११ अंक जोडेको छ ।
एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।















प्रतिक्रिया