
मोरङ, ५ माघ । नांगो फोटो फेसबुकमा हालिदिने भन्दै धम्काएर पटक पटक बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ पथरीशनिश्चरे नगरपालिका ७ का २५ वर्षीय रविन आचार्यलाई धम्काएर बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
तीन महिनादेखि विभिन्न खाले डर देखाएर ुब्ल्याकमेलु गर्दै प्रभावमा पारेर बलात्कार गरिरहेको किटानी जाहेरी परेपछि आचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानबाट सात पटक भन्दा बढी बलात्कार गरेको खुलेको छ ।
प्रहरीका अनुसार फेसबुकमार्फत युवाले ुब्ल्याकमेलु गरेको पुष्टि भएको छ। ुब्ल्याकमेलु गरिएका धेरै प्रमाण प्रहरीले जुटाएको छ। फेसबुकमा जोडिएका दुवै जनाबीच कुराकानी हुने गरेको र त्यसक्रममा युवाले ुब्ल्याकमेलु गरेको प्रहरीले जनाएको छ ।
उनकाअनुसार म सँग तिम्रो नांगो फोटो छ । त्यसलाई भाइरल बनाइदिन्छु । यदि नगर्नु हो भने मैले भनेको मान्नुपर्छ,ु भनेर युवाले युवतीसँग ुब्ल्याकमेलु गरेको खुलेको छ। बलात्कृत युवती विवाहित भएको र श्रीमानको सल्लाहमा उनले प्रहरीमा निवेदन दिएपछि आचार्यलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका आचार्यविरुद्ध आइतबार जबरजस्ती करणी मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको पहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया