९ मंसिर २०८३, बुधबार

पेट्रोल र डिजेलमा उपभोक्ता ठगेको आरोपमा पम्प सञ्चालक पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा , ५ माघ ।  उपभोक्तालाई डिजेल, पेट्रोलमा ठगेको आरोपमा एक पेट्रोल पम्प सञ्चालक पक्राउ परेका छन् । सङ्खुवासभाको खाँदबारी नगरपालिका ९ मा रहेको यशोधा पेट्रोल पम्पका सञ्चालक उत्तम कटुवाललाई तोकिएको भन्दा बढी मूल्य लिएको आरोपमा पक्राउ गरिएको हो ।

पम्प सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले इन्धनमा निर्धारित मूल्यभन्दा बढी असुलेको भन्दै पक्राउ गरेको हो । कटुवालले उपभोक्तासँग डिजेल र पेट्रोलमा तोकेको मूल्यभन्दा २५ पैसा बढी असुलेपछि पक्राउ गरिएको बताइएको छ ।

नेपाल आयल निगमले समायोजन गराएको मूल्यभन्दा बढी लिएपछि कटुवाललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको हो ।

कटुवालले गएको पुस १७ गते डिलर्स एसोसिएशन विराटनगरले उपलब्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप लगाएको छ ।

कटुवालले वास्तविक मूल्यभन्दा बढी मूल्यमा इन्धन बिक्री गरिरहेको भन्दै उपभोक्ताहरुले गुनासो गरेका थिए ।