
सिरहा, ४ माघ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका-७ मा भएको ट्र्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा लहान-१३ का २२ वर्षीय सन्तोष यादव र नाम, ठेगाना नखुलेका अर्का एक किशोर रहेका प्रहरीले जनाएको छ । घाइतेहहरुको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
धनगढीमाई नगरपालिबाट कर्जन्हा नगरपालिकामा जन्ती जाँदै गरेको स १ त ६५६० नम्बरको साउण्ड सिष्टम र जेनेरेटर बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउने क्रममा पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।











प्रतिक्रिया