
कञ्चनपुर, ४ माघ । महिनावारी भएको समयमा आफ्नो घरको बाटो हिँडेको भन्दै कञ्चनपुरमा दुई महिलामाथि कुटपिट भएको छ ।
बेल्डाँडी गाउँपालिका १ कि ३१ बर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय दलबहादुर शाहले शुक्रबार कुटपिट गरेका हुन् ।
घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ।
प्रहरीका अनुसार कुटपिटमा संलग्न ३६ वर्षिय दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।











प्रतिक्रिया