९ मंसिर २०८३, बुधबार

यथार्थवादी भएर विष्लेषण गरेर एमसीसी बारे सकारात्मक निष्कर्षमा पुग्छौँ : प्रवक्ता श्रेष्ठ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका विषयका पार्टी तथा सरकारले राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्रै निर्णय गरिने बताएका छन् ।

प्रेस संगठन म्याग्दीले विहान गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले ‘एमसीसीको विषयमा यथार्थवादी भएर सबै कोणबाट विष्लेषण गरेर एउटा सकारात्मक निष्कर्षमा पुग्ने बताए ।

पार्टी सचिवालयले एमसीसीका बारेमा बृहत छलफल र विष्लेषण गरेर निष्कर्षम पुग्ने श्रेष्ठको भनाई रहेको थियो । एमसीसीको परियोजनामार्फत अमेरिकाले नेपालमा सडक र विद्युत परियोजनाका लागि ५० करोड अमेरिकी डलर (५५ अर्ब रूपैयाँ) सहयोग गर्दैछ।

एमसीसीका सम्बन्धमा नेकपाभित्र नै विवाद देखिएको छ । अमेरिकी दुतावासले शुक्रबार एमसीसीबाट सञ्चालन हुने परियोजनामा सैन्य मामिला निषेधित रहेको स्पष्ट पारेको छ।

नेकपा प्रवक्ता श्रेष्ठले सभामुख चयनका विषयमा बोल्दै पहिले उपसभामुखले राजीनामा दिएपछि मात्र सभामुखका लागि मार्ग प्रशस्त हुने बताए ।