९ मंसिर २०८३, बुधबार

सुन तस्करीकाे आरोप पक्राउ परेका सांसदका पीए राजनीतिक दबाबमा रिहा

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, ४ माघ ।  सुन तस्करीको आरोपमा पक्राउ परेका कांग्रेस सांसद प्रमोदकुमार यादवका स्वकीय सचिव कमलेश उपाध्याय रिहा भएका छन् ।

रुपन्देहीको शसस्त्र प्रहरी बल नम्बर २७ गणले उपाध्यायसहित ३ जनालाई गत पुस २७ गते ७ सय १६ ग्राम सुनसहित पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा सांसदका पीए उपाध्यायसहित समरीमाई गाउँपालिका- २ का ३५ वर्षीय कयस महमद शेख र सिद्वार्थनगर नगरपालिका-८ का ४२ वर्षीय बलराज गुप्ता रहेका छन् । उन्मुक्ति पाउनेमा पीए उपाध्याय र बलराज गुप्ता रहेका छन् ।

प्रहरीले नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर ४ बाट संघीयसभामा प्रतिनिधित्व गर्ने सांसद यादवको दबावमा दुई जनालाई छाडिएको बुझिएको छ ।

पक्राउ परेका अर्का आरोपी मोहमद शेषमाथि भने प्रहरीले मुद्धा चलाएको छ । सांसद यादवका पीएसहितको टोलीले सुन भारतीय गिरोहलाई बेच्न भैरहवामा डिल गरिरहेको बेला सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक टेकप्रसाद पौडेलको टोलीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले एकजनालाई मुद्धा चलाएको र बाँकी दुई जनालाई रिहा गरिएको बताए ।