९ मंसिर २०८३, बुधबार

चितवनमा अनेरास्ववियुका नेताद्वारा पत्रकार आचार्यलाई कुटपिट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ४ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका पत्रकारहरूको संस्था ‘प्रेस संगठन’ चितवनका जिल्ला सदस्य तथा सौराहा अनलाइनका सम्पादक राजेन्द्र आचार्यमाथि शुक्रबार साँझ आक्रमण भएको छ ।

दाताज् इभेन्टले शुक्रबार भरतपुरस्थित द तन्दुरी प्यालेसमा आयोजना गरेको रात्रिकालीन कार्यक्रममा सहभागी हुन गएका पत्रकार आचार्यमाथि सप्तगण्डकी अनेरास्ववियूका नेता हरि आचार्यले आक्रमण गरेका हुन् ।

‘तैँले सधैं किन नेकपाका दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको मात्र समाचार हाइलाइट गर्छस्’ भन्दै हरि आचार्यले एक्कासि आफूमाथि आक्रमण गरेको पत्रकार राजेन्द्र आचार्यले बताएका छन् ।

अखिलका नेता हरि आचार्यले आक्रमण गर्दा पत्रकार राजेन्द्र आचार्यको गालामा चोट लागेको न्युज २४ का पत्रकार सुरेन कुँवरले बताएका छन् ।

घटना लगत्तै चितवन प्रहरी घटनास्थलमा पुगेको थियो । आक्रमणकारी अखिलका नेता हरि आचार्य फरार भएका छन् ।

पत्रकार राजेन्द्र आचार्यमाथि आक्रमण हुँदा सप्तगण्डकी क्याम्पस प्रमुख मणिराज महतो र अन्य विद्यार्थी संगठनका नेताहरूको पनि त्यहाँ उपस्थिति रहेको थियो ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिने चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सांसद कृष्णभक्त पोखरेल निकट मानिने क्याम्पस प्रमुख मणिराज महतोकै निर्देशनमा हरि आचार्यले आक्रमण गरेको जनाइएको छ ।

सोही कार्यक्रममा रहेका सांसद पोखरेलका स्वकीय सचिव दीपेन्द्र अधिकारीले पनि पत्रकार आचार्यलाई कुटपिट गराउन भूमिका खेलका थिए । दीपेन्द्र अधिकारी नयाँ पत्रिका दैनिकका चितवन सम्वादाता र सप्तगण्डकी क्याम्पसका लेक्चर पनि हुन् ।