१ कार्तिक २०८३, आइतबार

कस्मिरमा हिमपहिरो परि ७६ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ ।  पाकिस्तान प्रशासित कस्मिरका विभिन्न स्थानमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

पाकिस्तानले आजाद कस्मिर भन्ने गरेको त्यस क्षेत्रमा हिमपहिरोमा परेर अझै केही मानिस हराइरहेका छन् ।

हिमपहिरोमा परि घाइते भएका ५७ जनाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । हिमपहिरोमा परि कयौँ घरहरुसमेत पुरिएका छन् ।

पाकस्तिानी प्रधानमन्त्री इमरान खानले हिमपहिरो गएको क्षेत्रको निरीक्षण र पीडितहरुसँग भेट गरेका छन् । हिमपहिरोमा फसेका ११ सयभन्दा बढीको उद्दार गरिएको पाकिस्तानी सेनाले जनाएको छ ।

वर्षा र त्यसपछि भएको भिषण हिमपातपछि त्यस क्षेत्रमा हिमपहिरो गएको बताइएको छ ।