
बेनीघाट, ३ माघ । धादिङ जिल्लाकाे बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेकाे झाेलुङ्गे पुलबाट दुई बच्चासहित दम्पती त्रिशूली नदीमा हाम फालेका छन् ।
झाेलुङ्गे पुलबाट हाम फाल्दा श्रीमतीको ज्यान गएकाे छ भने दुई बच्चा बेपत्ता भएका छन् । श्रीमानकाे भने रेस्क्यु टाेलीले तत्काल उद्धार गरेकाे प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाकाे आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मी दुई बच्चासहित त्रिशूलीमा हाम फालेका हुन् ।
उनीहरू आफ्ना दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले बताएको छ ।
जमुनाको शव पुल नजिकै फेला परेको छ । दुई बालकहरूको खोजी भइरहेको छ ।















प्रतिक्रिया