३१ आश्विन २०८३, शनिबार

महानिरीक्षक खनालबाट कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्र उद्घाटन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


पर्सा, २ माघ । बिहीबार वीरगंजमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनी तथा मनोसामाजिक नि:शुल्क परामर्श केन्द्रको उद्घाटन गरेका छन् । वीरगंज महानगरपालिका ६ स्थित वडा समितिको कार्यालय लाठगल्लीमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

लागूऔषध प्रयोग, रोकथाम र नियन्त्रणका लागि नेपाल प्रहरी र वीरगञ्ज महानगरपालिकाको सहकार्यमा उक्त केन्द्रको उद्घाटन गरिएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले परामर्श केन्द्रमार्फत स्थानीय निकाय, संचारकर्मी र प्रहरी सबै पक्ष सहकार्य गरेर अगाडि बढ्न सके सुरक्षित वातावरण निर्माण गर्न सकिने उल्लेख गर्दै सबैले हातेमालो गरी अगाडि बढेमा समृद्ध नेपाल बनाउन सकिने बताए ।

स्थानीय तहले अघि बढाएको विकास निर्माण कार्यका लागि सुरक्षा संयन्त्रको रुपमा नेपाल प्रहरीले पूर्ण साथ र सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्की र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरिक्षक बसन्त लामा, स्थानीय जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।