३१ आश्विन २०८३, शनिबार

राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निर्दाेष भएकाे सरकारकाे ठहर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ माघ । निलम्बनमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाइ दिएको छ ।

पदको दुरुपयोग गरेको अभियोगमा सरकारले श्रेष्टमाथि छानबिन गरेको थियो । छानबिन समितिको प्रतिवेदन अध्ययन गर्दै उनलाई मन्त्रिपरिषदले निर्दोष रहेको ठहर गरेको हो ।

राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मी संयोजक रहेको अध्ययन समितिले सरकारलाई २ साता अघि प्रतिवेदन बुझाएको थियो ।

अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि प्रतिवेदन अध्ययन गर्दै उनी निर्दोष रहेको सरकारले ठहर गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

श्रेष्ठमाथि सम्पति शुद्धिकरणमा असहयोग गरेको आरोप लागेको थियो । सरकारले निर्दाेष ठहराएसँगै श्रेष्ठलाई डेपुटी गभर्नर पुनर्वहाली भएर काम गर्ने बाटो खुलेको छ ।