१ कार्तिक २०८३, शनिबार

सशस्त्रद्वारा करिब ६ लाख बराबरको अवैध कपडा बरामद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ माघ । सशस्त्र प्रहरीले वुधबार कुल करिब ६ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडालगायत सामान बरामद गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कोशी व्यारेजबाट करीव २ लाख ८ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

ना १ ख ८७६३ नम्बरको यात्रुवाहक बसमा अवैध रुपले लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सुरक्षा वेस भारदहबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरी पर्साको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा तथा ईलोक्ट्रोनिक्स सामान सशस्त्रको नम्बर १४ गुल्म हेक्वा पर्साको टोलीले बरामद गरेको हो ।

त्यस्तै, धनुषाको जनकनन्दनी गाउँपालिका ५ स्थित कठालबाट  करीव १ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नम्बर ११ गण हेक्वा रौतहटबाट खटिएको एपीएफ टोलीले वुधबार नै करीव १ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छहो ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा १२ थान मोवाईल सेट एपीएफ टोलीले रौतहटको गरुडा नगरपालिका ५ स्थित शिवनगरबाट बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ ।