१ कार्तिक २०८३, शनिबार

विविध पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको छ : अध्यक्ष दाहाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताउनुभएको छ ।

माघी महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष दाहालले विविधताभित्रको एकताले राष्ट्रियतालाई बलियो बनाउने बताउँदै मकर सङ्क्रान्तिलाई सबैले विभिन्न रुपबाट स्वीकारेको भए पनि थारु जातिले अभिभावक चुन्ने, वर्ष्दिनभरका लागि कार्ययोजना अनुमोदन गर्ने विशिष्ट परम्परा रहेको चर्चा गर्नुभयो ।

थारु जातिको मौलिक संस्कृतिले गर्दा उनीहरुलाई अलग्गै पहिचान दिन विगतमा आफूले सक्दो प्रयास गरेको स्मरण गर्दै उहाँले संविधान जारी हुन अगाडि थारुलाई मधेशीमा राख्ने गरेको बताउनुभयो ।

अध्यक्ष दाहालले संविधान परिवर्तनशील र सम्झौताको दस्तावेज भएका कारण जनताको अधिकार प्राप्तिका लागि पार्टीले सङ्घर्ष जारी राख्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले आदिम युगदेखि समाजवादसम्मका परिवर्तन एकैपटक नभएको बताउँदै प्राप्त भएका उपलब्धिलाई प्रयोग गरी नयाँ अधिकार प्राप्त गर्न अघि बढनुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने क्रममा थारु समुदायको त्याग र सहयोग उल्लेखनीय रहेको बताउँदै अध्यक्ष दाहालले राजनीतिक आस्थाका आधारमा बन्दी भएका सबैलाई छुटाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । –रासस