६ कार्तिक २०८३, शुक्रबार

प्रेसर बढेर नयाँ दिल्ली पुगेका पौडेलले राजनाथ सिंहसँग भेट गरे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । उच्च रक्तचाप भएको भन्दै उपचारका नाममा भारतको राजधानी नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले त्यहाँका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयविरुद्ध ४० जिल्ला सभापतिसँग छलफल गरी, देउवाइतरको समूहको नेतृत्व गरेका पौडेल अचानक दिल्ली पुगेका थिए ।

कतिपयले उच्च रक्तचापको उपचार नेपालमा सहज हिसाबले हुन सक्ने भएपनि पौडेलको दिल्लीयात्रालाई राजनीतिमा नयाँ कुटनीतिक छलफलको कोणबाट विश्लेषण गरेका थिए ।

भेटमा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गरेका छन् । सिंह सत्तारुढ भारतीय जनता पार्टीका पूर्वाध्यक्ष हुन् । नेपालमा भारतले नयाँ राजदूत पठाउनुअघि भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।