१ कार्तिक २०८३, शनिबार

नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनीसहित ५ कम्पनी दोषी ठहर

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ पुस । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी डिपार्टमेन्ट स्टोरसहित पाँच कम्पनीलाई दोषी पनि ठहर भएको फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले आज राजश्व न्यायाधीकरणले गरेको फैसला सदर गर्दै दोषी ठहर गरेको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतलको गरेको फैसलाको पाठ तयार भई नसकेकाले यी कम्पनीले कति रकम राज्यलाई तिर्नुपर्ने भन्ने जानकारी फैसला तयार भइकेपछि मात्रै थाहा हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर्स प्रालि, आइटी प्रालि, अरुण इन्टरकन्टिनेन्टल ट्रेड्र्स, शङ्कर अक्सिजन ग्यास प्रालि, बानियाँ स्टोर्स एण्ड फमले नक्कली भ्याद बिल प्रयोग गरेको ठहर भएको हो । –रासस