१ कार्तिक २०८३, आइतबार

इरानद्वारा अमेरिकी सैनिक क्याम्पमाथि फेरि मिसाइल आक्रमण

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २८ पुस ।   इरानले अमेरिकी सैनिक क्याम्पमाथि फेरि दाेस्रो पटक मिसाइल आक्रमण गरेको छ । आइतबार इराकमा रहेको अमेरिकी गठबन्धन सेनामाथि आधा दर्जन मिसाइल आक्रमण गरेको हो ।

टाइम्स डट कमको अनुसार उक्त आक्रमणमा चारजना इराकी सेना घाइते भएका छन् । अमेरिकी गठबन्धन सेनाका प्रवक्ताका अनुसार आक्रमणका क्रममा उक्त क्याम्प अमेरिकी थिएनन् ।

इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका र इरानबीच द्वन्द बढ्दै गएको छ ।

अमेरिकाले सुलेमानी मारिदिएपछि इरानले त्यसको प्रतिशोधमा गत बुधबार इराकमा रहेका अमेरिकाका दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको थियो ।

त्यसपछि अमेरिकाले इरानसँग वार्ता गर्न तयार रहेको बताउँदै आएको छ ।