३० आश्विन २०८३, शुक्रबार

तामाकोसी आयोजनामा सेयर आवेदनको समय थपिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hydro-amakoshiकाठमाडौँ, २० फागुन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा सेयर आवेदन गर्ने समयसीमा थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ ।

सेयर आवेदनको समय यही फागुन २५ गतेसम्म रहेको र त्ससबीचमा तीन दिन सार्वजनिक बिदा परेकाले सबै कर्मचारीले आवेदन दिन नपाउने देखिएपछि समय थप गर्ने सम्बन्धमा छलफल भइरहेको हो ।

सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र वाणिज्य बैंकमा आवेदनकर्ताको भीड बढिरहेको सन्दर्भमा समय थप नगरी कुनै पनि उपाय नभएको पाइएपछि सरोकार भएका निकायबीच छलफल भएको हो । विषयमा बुधबार अन्तिम निर्णय हुने बताइएको छ ।

कर्मचारी सञ्चय कोषका प्रमुख कृष्ण आचार्यका अनुसार छलफलको क्रममा केही दिन समय थप गर्ने सम्भावना देखिएको हो । सबै सञ्चयकर्तालाई सेयर आवेदनमा सहभागी गराउने ध्येय राखिएकाले नआत्तिनसमेत उहाँले आग्रह गर्नुभयो ।

कुल चार लाख ५० हजार सञ्चयकर्ता रहेकाले सबैलाई सहभागी गराइने उहाँको भनाइ छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषले पनि आवेदकलाई थप समय दिन इच्छुक रहेको प्रमुख आचार्यको भनाइ छ ।

सेयर वितरण न्यायसङ्गत नभएको भन्दै स्थानीय दोलखावासीको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन माथिसमेत आज कुनै निर्णय नआएको र अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्नेमा यही फागुन २६ गते मात्रै निर्णय आउने अवस्थामा समय थप हुने उहाँको भनाइ छ ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाले स्थानीय बासिन्दा, कर्मचारीका लागि पहिलो चरणमा सेयर आवेदन माग गरेको थियो । तामाकोसीले १५ प्रतिशत सर्वसाधारण नागरिकका लागि छुट्टयाएको छ भने १० प्रतिशत दोलखाबासीलाई दिएको छ । सोमबारदेखि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि खुला भएको सेयर आवेदनमा हालसम्म ९० हजारभन्दा बढी कर्मचारीले आवेदन दिएका छन् ।

विसं २०६७ साउन १४ गतेसम्म सञ्चय कोषमा बचत गर्नेले माथिल्लो तामाकोसीको सेयरमा आवेदन गर्न सक्नेछन् ।