
काठमाडौं, २६ पुस । जाजरकोट त्रिवेणी नगरपालिका ६ घर भएका २४ वर्षीय तिलक खड्कालाई एटीएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका २८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटीएमको माथिल्लो भागको स्क्रिन फुटाउँदै गरेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया