९ मंसिर २०८३, बुधबार

तनहुँमा बस दुर्घटना हुँदा दुईको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, २५ पुस ।  तनहुँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा घिरिङ १ बैंडीकी २० वर्षीया मुना थापा र घिरिङ ३ निवासी ४२ वर्षीया ननीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ ।

बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।

थापाको घटनास्थलमा तथा गुरुङको उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा मुत्यु भएको हो ।

दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरुको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ ।

बाटो चिप्लो भएका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।