१ कार्तिक २०८३, शनिबार

नक्कली नोट बनाउने ४ जना ४ लाख नक्कली नोटसहित पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २४ पुस । प्रहरीले ४ लाख १३ हजरा नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ । नक्कली नोट बनाइ कारोबार गर्ने ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सल्यानका कमल भनिने कोवाराम बुढाथोकी, काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का र धनुकुटाका छत्रबहादुर लिम्बु रहेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले नक्कली नोटसहित काठमाडौं र काभ्रेका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

सीआईबीका अनुसार नक्कली नोट बनाउने मुख्य योजनाकार खड्का हुन् भने नोट बनाउने बलबहादुर हुन् । बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्याउने काम गर्ने गरेको सीआईबीको भनाइ छ ।

सीआईबीले पक्राउ परेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रंगिन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेको छ । खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ । लिम्बुबाट भने नोट बरामद भएको छैन ।

पक्राउ परेका चारै जनालाई मुद्रा सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले बताएका छन् ।