
काठमाडौँ, २४ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा नवनियुक्त सूचना आयोगका आयोगका पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई बिहीबार बालुवाटारमा पद तथा गोपनियताको शपथ गराएका हुन् ।
त्यसैगरी, प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्रीको उपस्थितिमा आयुक्तहरू रत्नप्रसाद मैनाली र कमला ओली थापालाई शपथ गराएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।















प्रतिक्रिया