९ मंसिर २०८३, बुधबार

मलेसियामा कार दुर्घटनामा दुई नेपालीको ज्यान गयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस ।   मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको ज्यान गएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

बिहीबार बिहान कम्पनीमा खाजा पुर्‍याउन हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार स्थानीय समय अनुसार बिहान ६ बजे विमानस्थल नजिकै मिलाइ भन्ने ठाउँमा दुर्घटना भएको हो ।

विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार श्रेष्ठको परिवारसँग सम्पर्क भइसकेको छ भने पोख्रेलको सम्पर्क हुन बाँकी छ ।