१ कार्तिक २०८३, आइतबार

इरानी आक्रमणले अमेरिकालाई ठूलो क्षति केहि भएको छैनः ट्रम्प

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले सैनिक अड्डामा गरेको हमलाबाट ठूलो क्षति नभएको दावी गरेका छन् । राष्ट्रपति ट्रम्पले इरान युद्धबाट पछि हटेको पनि बताएका छन् ।

इरानले अमेरिकी हवाई हमलामा इरानी सैन्य कमाण्डर जेनरल कासिम सुलेमानीको मृत्युको बदला लिन इराकको अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार गरेको थियो।

ट्रम्पका अनुसार यस आक्रमणबाट कुनै अमेरिकी वा इराकी सेना मारिएका छैनन्। उनले अमेरिकी सेना विश्वकै शक्तिशाली रहेको बताए । राष्ट्रपति ट्रम्पले इरानले कहिल्यै पनि आणविक हतियार प्राप्त गर्न नसक्ने दाबी पनि गरे ।

इरानले अमेरिकाप्रतिको आफ्नो रवैया परिवर्तन गर्नुपर्ने उनको जोड थियो । इरानले आफ्नो कार्यशैलीमा सुधार नल्याएसम्म अमेरिकाले उसमाथिको प्रतिबन्ध जारी नै राख्ने पनि बताए ।

ट्रम्पले इरानलाई सम्बोधन गर्दै इरानले आफ्नो आणविक इच्छा र आतंककारीको समर्थन समाप्त गर्नुपर्ने बताएका छन् । ट्रम्पले रसिया, चीन, फ्रान्स र जर्मनीलाई इरानसँगको आणविक सम्झौता अन्त्य गर्न आग्रह गरेका छन् ।

इरानका उच्च सैन्य कमाण्डर कासिम सुलेमानीको अमेरिकी हवाई आक्रमणमा मृत्यु भएपछि अमेरिका र इरानबीच द्वन्द चर्किएको हाे ।