१ कार्तिक २०८३, आइतबार

बेलायती राजकुमार ह्यारी राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ पुस । बेलायतकी महारानी एलिजाबेथका नाति राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको वरिष्ठ सदस्यको भूमिकाबाट बाहिरिने निर्णय गरेका छन् । उनीहरुले राजपरिवारबाट अलग्गिएर आफुलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने बताएका छन् ।

राजकुमार ह्यारी र मेगनले एक बयान जारी गरेर अब उत्तरी अमेरिका र ब्रिटेनमा आफ्नो समय बिताउने बताएका छन् ।  बीबीसीका अनुसार उनीहरूले उक्त निर्णय लिनुअघि शाही परिवारका कुनै पनि सदस्यसँग सल्लाह लिएका थिएनन् । उनीहरुको यो निर्णयले शाही परिवार निराश भएको बताइएको छ । यो घटनाले राजपरिवारका वरिष्ठ सदस्यहरूलाई निराश बनाएको छ ।

बुधबार अप्रत्याशित रुपमा उनीहरूले राजदरबारबाट अलग्गिने निर्णय गरेको कुरा आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए । धेरै महिना विचार विमर्श गरेर उनीहरू उक्त फैसलामा पुगेको दुबैले बताएका छन् ।

उनले भने, हामी शाही परिवारको वरिष्ठ सदस्यको हैसियतबाट हटन चाहन्छौँ । आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौं । यसको साथै महारानीलाई हाम्रो सधैँ समर्थन रहने छ ।

राजपरिवारका पूर्व प्रेस सल्लाहकार डिक्की आर्बिटर प्रिन्स ह्यारीको यो फैसलाबाट उनले दिमागले नभएर दिलले सोचेको कुरा प्रमाणित हुने बताएका छन् । उनले राजकुमारको छोरो आर्ची जन्मिने बेलामा मिडियाले गरेको व्यवहार पनि उनको यो फैसलाको एक कारण रहेको बताए ।

बीबीसीका शाही संवाददाता जोनी डायमंडले उनीहरुले प्रशस्त पैसा जोगाएर राखेको बताएका छन् । उनका अनुसार राजकुमार ह्यारीले उनकी आमाबाट विरासतमा धेरै पैसा पाएका थिए, मेगनले पनि कलाकारिताबाट टन्नै पैसा कमाएर राखेकी छिन् ।