मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

भारतको सीतामढीतिर लुकेका छन् मिटरव्याजी रौनियार, प्रहरीले झिकाएरै छाड्ने

दैनिक नेपाल २०७६ पुष २४ गते १०:१३

काठमाडौं, २४ पुस । सर्लाहीका मिटरव्याजी सञ्जय रौनियार भारतको सीतामढीतिर लुकेर बसेको बताइएको छ ।

दुई सय बढी सर्वसाधारणले गृह मन्त्रालयमा उजुरी दिएपपछि सूदखोरका रुपमा परिचित राजपाका केन्द्रीय सदस्य रामबाबु यादवलाई भने प्रहरीले बुधबार नै नियन्त्रणमा लिएको थियो ।

उनीसँगैका पार्टनर रहेका तत्कालिन नयाँ शक्ति नेपालका प्रदेश सभा उम्मेदवार तथा हाल समाजवादी पार्टीका नेता रहेका रौनियारको खोजी भने प्रहरीले जारी राखेको छ ।

बुधबार गृह मन्त्रालयमा उजुरी र गुनासो सुनाउन सिंहदरबार छिरेका सर्लाहीका पीडित

प्रहरीले रौनियारलाई झिकाउनका लागि भारतीय प्रहरीसँग पनि समन्वय गर्ने तयारी थालेको छ । बिहार राज्यसँगको समन्वयका आधारमा रौनियारलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउने काममा प्रहरी सक्रिय रहेको छ ।

रौनियारले एक हजार भन्दा बढी सर्वसाधारणलाई ५ अर्ब बराबरको कागजमात्र गरेका छैनन्, उनीहरूको सम्पत्ती पनि हडपेको पीडितले गुनासो गरेका छन् ।

बुधबार दिउँसो गृह मन्त्रालयमा पीडितको टोली गुनासो सुनाउन पुगेको थियो । यी दुवैलाई ठगी अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित