लण्डन, २३ पुस । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ।
मंगलबार इरानमा सुलेमानीको अन्तिम संस्कार गरिने बताइएको भएपनि सोमा सहभागीबीच भागदौड मच्चिदा ३२ जनाको ज्यान गएपछि स्थगीत गरिएको थियो।
अमेरिकी संचार माध्यम सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिदैं इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ।
‘यी मिसाइलहरू इरानबाट हानिएको स्पष्ट छ। इराकका अल-असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्दनका मानिसहरू बस्ने ठाउँलाई निशाना बनाइएको छ’, अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्त्वयमा भने। ‘हामीले प्रारम्भिक क्षतिको अध्यन गरिरहेका छौं’, उनले थपे।
उनले इरानी सरकारले अमेरिकी सुरक्षाफौज र चाहनामाथि आक्रमण गर्ने योजना गरिरहेकाले आक्रमणपछि सुरक्षा आधार क्षेत्रलाई उच्च सतर्कतामा राखिएको बताए।
सो क्षेत्रमा रहेका अमेरिकी नागरिक, साथी तथा गठबन्धनको सुरक्षाका लागि आवश्यक कदम चालिने पेन्टागनले बताएको छ।















प्रतिक्रिया