१ कार्तिक २०८३, शनिबार

अनलाइन फुड फेस्टिभलमा फुडमान्डुसँग एनआईसीको साझेदारी, डिजिटल भुक्तानीमा ३० प्रतिशत छुट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । फुडमान्डु प्रालिको अनलाइन फुड फेस्टिभल २०२० मा एनआईसी एशिया बैंक लिमिटेड बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत अनलाइन फुड फेस्टिभल २०२० मा बैंकको मोबाईल बैँकिङ्ग एप प्रयोग गरी क्वीआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सक्नेछन् ।

यो अफर यही पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैँकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब २० लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।