१ कार्तिक २०८३, शनिबार

गिजरमा नुहाउँदा बेहाेस भएर मृत्यु

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, २० पुस । ललितपुरमा होस्टेलको छात्रा गिजरमा नुहाउँदा बेहोस भएर एकजनाको मृत्यु भएको छ ।

वीरगन्ज घर भएकी १९ वर्षीया जोनित चौहानको बेहोस भएर मृत्यु भएको हो ।

सातदोबाटोस्थित सरिबा गर्ल्स होस्टेलमा बस्ने पर्साको चौहान आइतबार होस्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोस भएकी थिइन् । तत्काल पाटन अस्पताल लगिए पनि उनको उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको हो ।