
काठमाडौं, २० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गलत कदम चाले अमेरिकाले इरानका ५२ स्थानमा एकैपटक आक्रमण गर्ने चेतावनी दिएका छन् ।
केहि दिनअघि अमेरिकी आक्रमणमा इरानीे सेनाका मेजर जनरल कासिम सुलेमानी मारिएपछि इरानले बदला लिने प्रतिक्रिया दिएपछि ट्रम्पले चेतावनी दिएका हुन् ।
यसअघि आफ्ना सैन्य कमान्डर अमेरिकी हवाई आक्रमणमा मारिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह खमेनीले अमेरिकासँग उचित बदला लिने चेतावनी दिएका थिए ।
शुक्रबार इराकको बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी इरानी सैन्य कमान्डर सुलेमानी मारिएका थिए ।















प्रतिक्रिया