लण्डन, २० पुस । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास तथा इराकमा रहेका अमेरिकी सैनिकको आवास क्षेत्रलाई लक्षित गरी बम आक्रमण भएका छन् ।
इरानका उच्च सैन्य अधिकारको अमेरिकी हवाई आक्रमणमा निधन भएपछि उनको अन्तिम बिदाइका लागि ठूलो संख्यामा मानिस जम्मा भएका बेला इराकको राजधानी बग्दादका विभिन्न क्षेत्रमा बम बिस्फोट भएका हुन् ।
शुक्रबार अमेरिकाले इराकको राजधानी बग्दादमा रहेको विमानस्थल नजिकै गरेको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीपछिका महत्वपूर्ण व्यक्तिका रुपमा लिइने उच्च सैन्य कमाण्डर मेजर जनरल कासिम सुलेमानीको निधन भएको थियो । मेजर जनरल सुलेमानी इरानको विशिष्ट सैन्य दस्ता कुड्स फोर्सका प्रमुख थिए ।
सुलेमानीको अन्तिम बिदाईका लागि बग्दादमा ठूलो संख्यामा मानिस जम्मा भएका थिए भने सोही क्रममा विभिन्न क्षेत्रमा बम बिस्फोट भएका हुन् ।
बग्दादमा रहेको अमेरिकी दूतावासको ग्रिन जोन नजिकै प्रोजेक्टाइल प्रहार भएको हो । यस्तै राजधानी बग्दानको उत्तरी क्षेत्रमा रहेको बालाड हवाई अड्डालाई लक्षित गरेर अरु बम आक्रमण्ढा भएको छ ।
सो क्षेत्रमा अमेरिकै सैनिकका घरहरु छन् । ती आक्रमणमा कोही पनि घाइते नभएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएको छैन । यसअघि यस्तै खालका आक्रमण इरानको समर्थन गर्ने लडाकु समूहबाट हुने गरेका थिए ।
इरानी अधिकारीहरुले मेजर जनरल सुलेमानीको हत्याको बदला लिने घोषणा गरिसकेका छन् । अमेरिकाले सुलेमानीलाई आतंककारीका रुपमा लिने गरेको थियो ।















प्रतिक्रिया