२९ आश्विन २०८३, बिहिबार

मुख्यमन्त्रीले चप्पल लगाएर ‘गार्ड अफ अनर’ लिएपछि…

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राँची . चप्पल लगाएर ‘गार्ड अफ अनर’ लिएपछि विवादित झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शनिबार स्पष्टीकरण दिएका छन् ।

सोरेनले झारखण्डको सिद्ध पिठ रजरप्पा मन्दिर परिसरमा बिहीबार ‘गार्ड अफ अनर’ लिएका थिए। तर उनको तस्बिर सार्वजनिक भएपछि समाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्ष–विपक्षमा उत्रेका थिए।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सोरेनले पदीय मर्यादा कायम नगरेको दाबी गरेका छन्। कतिपयले भने ‘सोरेनको सादगी’ को खुलेरै प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा चर्चा भएपछि भने सोरेनले शनिबार यसबारे प्रतिक्रिया दिएका छन्।

आफूले चप्पल लगाएको बारे सामाजिक सञ्जाल ट्वीटरमा ‘आफूले रुढीबादी परमम्परामा विश्वास नगर्ने’ बताएका छन्। ‘यो ब्रिटिशहरुले चलाएको चलन हो। म यसमा विश्वास गर्दिँन,’ उनले लेखेका छन्, ‘म विशिष्ठ व्यक्तिको सम्मानमा गरिने यस्तो परम्पराको अन्त्य गर्न प्रतिबद्ध छु। त्यसकारण, प्रहरीहरुले जनसेवामा थप समय खर्चन सकून्।’

आफ्नो साधारण छविका कारण सोरेन चर्चामा आएको यो पहिलो घटना भने होइन्। यसअघि उनले समर्थकलाई ‘आफ्नो स्वागतमा पुष्पगुच्छा प्रयोग नगर्न’ सल्लाह दिएका थिए। उनले भनेका थिए,‘त्यसको साटो मलाई स्वागत गर्न पुस्तक दिने गर्नुस्, जुन मलाई निकै काम लाग्छ।’

झारखण्ड मुक्ति मोर्चाका नेता सोरेन गत डिसेम्बर २९ मा झाखण्डको मुख्यमन्त्री बनेका हुन्। उनको नेतृत्वको गठबन्धन सरकारमा कंग्रेस र राष्ट्रिय जनता दल सामेल छन्। राँचीस्थित बिरला इन्सटिच्यूट अफ टेक्नोलोजीमा मेकानिकल इन्जिनियरिङ अध्ययन सुरु गरेका भएपनि सोरेनले पढाई भने पुरा गरेनन्।