१ कार्तिक २०८३, शनिबार

घुस लिएको अभियोगमा समातिए कार्यालय प्रमुख

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ पुस । विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ ।

पैसा नखुवाई कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकै रुपमा रहेको सडक डिभिजन कार्यालय लहान, सिरहाका इञ्जिनीयरसहितका कर्मचारी पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अभियोगमा पक्राउ परेका हुन् । इञ्जिनीयर नवीनकुमार साह र सबइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरिएको छ ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीबासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।

आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो । –रासस