
काठमाडौं, १९ पुस । सुडानको डार्फरमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।
सुडानको राजधानी डार्फरको पश्चिमी क्षेत्रमा शुक्रबार एन्टोनोभ १२ नामको विमान दुर्घटना भएको हो । एल जेनेइनाबाट ११ प्यासेन्जर र सातजना चालक दलका सदस्य सहित उडेको पाँच मिनेटमै विमान दुर्घटना भएको हो ।
विमानमा अन्य यात्रु समेत सवार थिए । सुडानस्थित विश्व खाद्य कार्यक्रमका जागिरे समेत विमानमा सवार थिए ।















प्रतिक्रिया