६ कार्तिक २०८३, शुक्रबार

निधिकाे गलत सल्लाहले देउवा विवादित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । नेपाली कांग्रेसभित्र सधैँ सभपाति शेरबहादुर देउवालाई आफ्नै टिमका नेताहरूले बद्नाम गराउँदै आएका छन् । विगतमा नवराज सिलवालको आईजीपी काण्ड होस् वा पार्टीभित्रका मनोनयन सबैमा विमलेन्द्र निधिको हालिमुहाली हुँदा देउवा विवादित भइरहे ।

त्यति मात्रै होइन निधिको गलत निर्णय र हर्कतका कारण नेपाली कांग्रेसलाई ठूलो नोक्सानी भएको छ । कार्यकर्ताहरूका माझ गृहमन्त्री बनेका बेला आईजीपी काण्डपछि अलोकप्रिय बनेका निधिलाई आफ्नै समूहभित्र निको मानिदैन ।

सभापति देउवाकी पत्नी डा.आरजु राणालाई उकासेर राजनीतिमा ल्याउन ठूलो भूमिका खेलेका निधिले आरजुकी आमा प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूत बनाउन सहयोग गरेका थिए । निधिकै सल्लाहमा देउवाले आफ्नी सासुको राजदूत पद खड्गप्रसाद ओलीसँग भनसुन गरेर रोकिदिएका छन् । आरजुलाई उकासेर निधिले नै कैलालीबाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाए । नेपाली कांग्रेसमा खासै लगानी नभएकी आरजु हार्न पुगिन् ।

नेपाली कांग्रेसभित्र अनेकखालका बखेडा ल्याउनेमा निधि नै पहिलो नम्बरमा पर्छन् । राजेन्द्र महतोसँग प्रतिनिधि सभा निर्वाचनमा धनुषामा पराजित भएपछि निधिको पकड मधेसबाट गुम्दै गएको छ । नेपाली कांग्रेसका नेताहरूले निधिका रकाण पार्टीलाई समस्या पर्दै आएको बताउन थालेका छन् । रुखो स्वभावका निधिले कुरा सपार्ने भन्दा पनि बिगारेर आफ्नो व्यक्तिगत स्वाथ लिने गरेको आरोप छ ।

नेपाली कांग्रेसभित्र असन्तुष्ट समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिमा ल्याउनुभन्दा पनि निधिले भड्काउनैतिर भूमिका खेलेको चर्चा छ । स्रोतका अनुसार निधिले नै सभापति देउवालाई पौडेल समूहलाई पेलेरै जानुपर्छ भनेर सल्लाह दिएका हुन् । पौडेल समूहसँग वार्ताको जिम्मेवारी पाएका निधिले कहिल्यै पनि सकारात्मक कुरा गरेनन् । बरु पौडेल समूहलाई भड्काउने कार्य मात्रै गरेको आरोप छ । निधिबाट कुनै कुराको पार नलागेपछि पौडेल समूह आफै नै निकास खोज्न लागेको छ ।

उता, प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि निधिलाई रुचाउँदैनन् । तत्कालीन एमालेले मेची–महाकाली राजनीतिक यात्रा शुरु गरेका बेला निधि गृहमन्त्री थिए । निधिले नै सप्तरीमा दंगा मच्चाएर एमालेको मेची–कालीयात्रालाई बिथोलिदिएको रिस ओलीलाई अहिले पनि छ । त्यस बेलाको निधिको कार्यले नेपाली कांग्रेसलाई सामान्य रुपमा राजनीतिक फाइदा भएपनि दीर्घकाललाई असर परेको छ । निधिका कारण तराई मधेसमा नेपाली कांग्रेस कमजोर भएको छ । तराई मधेसका जनताले नेपाली कांग्रेसबाट मधेसी नेतामा निधिको बिकल्प खोज्न थालेका छन् ।

निधिले आफूलाई नै तराई मधेसको असली रक्षक मान्छन् । तर, नेपाली कांग्रेसभित्र निधिको पकड एककिसिमले गुम्दै गएको छ । विजयकुमार गच्छदार शक्तिमा उदाउन खोजेका छन् । केही कठिनाइ महशुस गरिरहेका गच्छदार निधिलाई अहिले नै चिढ्याउने पक्षमा छैनन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि गच्छदारले आफूलाई मैदानमा ल्याउने योजना बनाएका छन् ।

नेपाली कांग्रेसमा पौडेल समूह निधिसँग खुसी छैन । गच्छदार पनि खुसी छैनन् । त्यति मात्रै होइन देउवा समूहकै नेताहरू पनि निधिसँग सकारात्मक छैनन् । निधिलाई यो कुरा राम्रोसँग जानकारी छ । तैपनि एकलौटी रुपमा उनी अगाडि बढ्न खोजेका छन् । जसको बेफाइदा नेपाली कांग्रेसलाई भएको छ । नेपाली कांग्रेस निधिकै झण्डै ठूलो संकटबाट गुज्रिरहेको छ ।