१ कार्तिक २०८३, आइतबार

पेरिसमा अन्धाधुन्ध चक्क प्रहार, एक जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १९ पुस । फ्रान्सको राजधानी पेरिस नजिकै भएको अन्धाधुन्ध चक्क प्रहारमा एकजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् । आक्रमणकारी प्रहरीको गाली लागेर मारिएका छन् ।

राजधानी पेरिसबाट ८ किलोमिटर दक्षिणको भिलेजुइफमा रहेको पार्कमा २२ वर्षका व्यक्तिले बटुवामाथि चक्कु प्रहार गरेका हुन् । ती आक्रमणकारीको नाम नाथन सी रहेको प्रहरीले जानकारी दिएको छ ।

२२ वर्षका ती आक्रमणकारीको मानसिक स्वास्थ्यमा समस्या रहेको इतिहास पाइएको प्रहरीले जनाएको छ । मानिसक स्वास्थ्यमा समस्या देखिएर ती व्यक्ति विगतमा अस्पताल पनि भर्ना भएका थिए । उनको साथबाट केही धार्मिक सामग्री पनि फेला पारिएको तर त्यसकै आधारमा उनलाई अतिवादी भन्न नमिल्ने प्रहरीले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ट्वीटरमा एक वक्तव्य पोस्ट गरेर आक्रमणबाट प्रभावित भएकाहरुप्रति श्रद्धाञ्जली तथा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।