३ कार्तिक २०८३, मंगलबार

नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा उम्मेद्वार बनाउने निर्णय

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ पुस ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले श्रेष्ठलाई गण्डकी प्रदेशबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

श्रेष्ठ यसअघि प्रतिनिधि सभा निर्वाचनमा गोरखा २ बाट उम्मेद्वार बनेपनि बाबुराम भट्टराईसँग पराजित भएका थिए।

बैठकले श्रेष्ठसहित नेकपा स्थायी समिति सदस्य बेदुराम भुषाललाई पनि चयन गरेको छ ।