१ कार्तिक २०८३, आइतबार

इरानको विशेष सैन्य दस्ता प्रमुख कासिम सुलेमानीको अमेरिकी आक्रमणमा मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १८ पुस ।  इरानी फौजका विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी अमेरिकी आक्रमणमा मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीलाई अमेरिकी राष्ट्रपतिको आदेशमा मारिएको बताएको बीबीसीले जनाएको छ ।

इरानको रिभोलुशनरी गार्ड्सले शुक्रवार सुलेमानीको मृत्यु भएको पुष्टि गरेको त्यहाँको राज्यनियन्त्रित टीभीले बताएको छ। यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिहरूको मृत्यु भएको विवरण आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले घटनापछि अमेरिकाको झण्डा ट्वीट गरेका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षा गरेको बताएको छ ।

इरानले पनि सुलेमानी अमेरिकी आक्रमणमा मारिएको बताएको छ । बग्दादमा रहेको अमेरिकी राजदूतावासलाई केही प्रदर्शनकारीले घेरा हालेको र अमेरिका सेनासँग मुठभेड भएको केही दिनपछि यो आक्रमण भएको हो।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले बिहीवार बेलुकी राजदूतावासको घटनाका लागि इरान जिम्मेवार रहेको बताउँदै अमेरिकी नागरिकमाथिको आक्रमण नसहने चेतावनी दिएको थियो ।