१ कार्तिक २०८३, आइतबार

बगदाद विमानस्थलमा रकेट आक्रमण, आठ जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १८ पुस । इराकको बगदाद विमानस्थलमा रकेट आक्रमणमा परी आठ जनाको ज्यान गएको इराकी सुरक्षा अधिकारीले बताएका छन् ।

‘बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा रकेट प्रहार भएको छ, जसमा दुई वटा कार पूर्णरुपमा ध्वस्त भएका छन्’, इराकी आर्मीले जारी गरेको बयानमा भनिएको छ ।

आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको नाम नबताउने शर्तमा एक जना सुरक्षा अधिकारीले जानकारी दिए ।

केही दिनअघि इराकमा रहेको अमेरिकी दूतावासमा आक्रमण र नाराबाजीपछि अमेरिकाले आफ्नो सैनिक फिर्ता गर्ने फैसला लिएको छ ।