१ कार्तिक २०८३, आइतबार

हेलिकोप्टर दुर्घटनामा ताइवानका सेना प्रमुखसहित आठको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ पुस ।  ताइवानका सेना प्रमुख शेन यी मिङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । ताइवानको रक्षा मन्त्रालयले अनुसार प्रधानसेनापति सेनसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीहरु पनि रहेको बताइएको छ । पाँच जनाको जिवितै उद्धार गरिएको छ । सेनाको ब्ल्याक हक हेलिकोप्टर उत्तरी ताइवानको पहाडी क्षेत्रमा दुर्घटना भएको हो ।

स्थानीय समय अनुसार बिहान सोङशानज एअर फोर्स बेसबाट हेलिकप्टर यिलानको डोङगाओ एअर वेशतर्फ निरीक्षण लागि जांदै थियो ।

उडेको १० मिनेटमा नै सम्पर्कविहीन हेलिकप्टर वालाई जिल्लाको पहाडी क्षेत्रमा आकस्मिक अबतरण गरेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।