२८ आश्विन २०८३, बुधबार

विदेशमा कमाउँदै, गाउँमा लगानी गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

malayasia-nepali
मलेसिया । मलेसियामा रोजगारीका लागि आएका केही युवाहरुले नेपालको कृषि पेशामा सामूहिक लगानी गर्न थालेका छन् ।

एक जना मात्रको श्रम र सिपले व्यवसाय गर्न कठिन हुने भन्दै उनीहरुले समुह नै बनाएर यसरी कृषि पेशामा लगानी गर्न थालेका हुन् । उनीहरुले ४ वर्ष अघि मेची महाकाली युवा समुह गठन गरेर लगानीका लागि रकम समेत जम्मा गरेका छन् । धादिङ्गको सालाङ्गमा करिब ४० लाखको लगानीमा बाख्रा पालन सुरु गर्न लागेका हुन भने मोरङ्गको भोगटेनीमा लगानीमा बगुर पालन र अदुवा  खेतीमा लगानी गर्ने योजना बनाएका छन् । युवाले नेपालका अन्य स्थानमा पनि कृषिमा लगानी गर्ने बताएका छन् । सो समुहका अध्यक्ष अर्जुन लिम्वुका अनुसार मोरङ्गको भोगटेनीमा करिव १५लाख लाख लगानीमा बंगुर पालन र अदुवा खेती गरिन लागेको हो । सोहि समुहका संस्थापक अध्यक्ष बलराम भट्टले भने धादिङ्गको बाख्रापालन का लागि सबै आवश्यक काम सकिएकाले अब मोरङ्गमा लगानीको लागि कार्य शुरु गरिएको बताए ।

malayasia-nepali1

मलेसियामा रोजगारीका सिलसिलामा रहेका युवाहरुको समूहले देश फर्केपछि स्वरोजगार बन्ने भन्दै समुह मार्फत संगठित भएका हुन् । त्यसो त नवलपरासीमा समेत माछा पालन गर्न प्रक्रिया थालिएको छ भने युवाहरुकै सक्रियतामा ललितपुरमा मेची महाकाली बचत तथा ऋण सहकारी संस्था पनि संञ्चालनको तयारी भएको छ ।

मलेसियामा रोजगारीमा आएका युवाहरुलाइ देश फर्के पछि देशमा नै स्वरोजगार बनाउने उद्देश्यले यो समुह को गठन गरी काम थालिएको भट्ट वताउछन् । भट्टले दिएको जानकारी अनुसार समुहले व्यवसाय गर्न इच्छुक युवालाई संगठित गर्दै आइरहेको छ भने मलेसियामा कार्यरत रहेका बेला अङ्गभङ्ग भएका नेपालीलाई समेत सहयोग गर्ने गरेको छ । यसका लागि समूहले विभिन्न ३ वटा कोष समेत बनाएको छ । अहिले सम्ममा १० जना नेपाली श्रमिकको उद्धारमा सहयोग पुर्‍याएको समूहले श्रमीकको कोष,कल्याणकारी कोष र नेपालमा कृषि क्षेत्रमा लगानी गर्ने कोष संचालन गरेका छन् । यसो त सामाजिक विकासका क्षेत्रमा पनि लगानी गर्ने भट्ट बताउँछन् ।

‘विदेशमा बसेर कमाएको दुई पैसालाई देशमा लगानी गरि कृषि क्षेत्रमा स्वरोजगारी बनाउने लक्ष्य राखेर थालिएकाले सफल हुने विश्वास अध्यक्ष लिम्बुको छ । एक पटक विदेश गएर फर्के पछि फेरी त्यो युवा विदेश कै मुख नताकोस भन्ने हाम्रो सोच हो’- लिम्बुले भने ।

malayasia-nepali2