१ कार्तिक २०८३, शनिबार

अरुण काबेली पावर लिमिटेडको नवौँ वार्षिक साधारणसभा सम्पन्न

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । अरुण काबेली पावर लिमिटेडको ९ औँ वार्षिक साधारणसभा पुस १५ गते काठमाडौंको इन्द्रेणी फूड ल्याण्ड, नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।

कम्पनीको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को आर्थिक विवरण अनुमोदन गरी श्री जि. पौड्यल एण्ड एशोसियसनलाई आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसै गरी कम्पनीले निर्माण सम्पन्न गरेको काबेली बि–१ जलविद्युत आयोजना २५ मेगावाट सम्पन्न भई २०७६ असोज १६ गते परिक्षण उत्पादन र कार्तिक २३ गतेदेखि व्यापारिक उत्पादन भएको व्यहोरा साधारणसभामा अवगत गराइयो ।

कम्पनीले आगामी वर्षदेखि आफ्नो शेयरधनीहरुलाई लाभांश उपलव्ध गराउने संचालक समितिका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।

त्यसैगरी अध्यक्ष न्यौपानेले कम्पनीले निकट भविश्यमा जलविद्युत लगानी सम्बन्धी छलफल गोष्ठी आयोजना गर्ने साधारणसभामा जानकारी दिए ।