१ कार्तिक २०८३, शनिबार

यसरी हुँदैछ ‘भिजिट नेपाल २०२०’ को भव्य उद्घाटन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ पुस । सरकारले ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबार देखि औपचारिक सुरुवात गर्दैछ । कार्यक्रमको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । पौने ५ घण्टासम्म हुने उद्घाटन समारोहमा नेपालका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहनेछन् ।

४ बजेसम्ममा सबै अतिथिहरुको उपस्थितिलाई सेलिब्रिटीहरुबाट स्वागत गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । त्यस्तै, कार्यक्रम तालिकाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मीको सहयोगमा राष्ट्रगान बजाइनेछ ।

राष्ट्रगान लगत्तै बाजासहित रंगशालामा भिजिट नेपाल २०२० को मानव साङ्लो बनाइनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य राख्नेछन् । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्नेछिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्नेछिन् ।

साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष उद्घाटनमा मन्तव्य राख्नेछन् । पौने ६ बजेतिर भ्रमण वर्षको ‘यति मस्कट’को लन्च सँगै विभिन्न साँस्कृतिक कार्यक्रम पौने ८ बजे सम्म चल्ने तालिकामा उल्लेख छ ।

त्यसैगरी, कार्यक्रमको अन्त्यमा अतिसबाजीसहित ‘यो मन त मेरो नेपाली हो…’ बोलको गीतसहित उद्घाटन समारोह समापन हुनेछ ।

हेर्नुहोस् कार्यक्रम तालिका: