१ कार्तिक २०८३, शनिबार

कस्तुरीको विना जस्तो देखिने वस्तुसहित पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ पुस । चावहिल गणेशस्थानबाट कस्तुरीको विना जस्तो देखिने वस्तुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गोगंबु नयाँ बसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका ७ का ३८ वर्षीय श्याम राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले राईलाई जाँच गर्दा ६ वटा डल्ला बनाई प्याकिङ गरेको अवस्थामा उक्त वस्तु फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।