१ कार्तिक २०८३, आइतबार

सार्वभौमसत्ता र सुरक्षाका लागि आक्रामक कारवाहीः किम

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १४ पुस । उत्तर कोरियाका नेता किम जोङ–उनले देशको सार्वभौमसत्ता तथा सुरक्षाका लागि सकारात्मक र आक्रामक कारवाही गर्नु पर्ने बताएका छन्। किमले आक्रामक कारवाही के हुन् भनेर खुलाएका छैनन् ।

प्योङ्याङमा भएको पार्टीका नेताहरुको बैठकमा नेता किमले यस्तो बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

उत्तर कोरियाको मिसाइल परीक्षण र परमाणु नीतिलाई लिएर अमेरिकासँग तनाव बढिरहेका बेला आएको नेता किमको भनाईलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

आइतबार अमेरिकाले उत्तर कोरियालाई चेतावनी दिएको थियो कि लामो दूरीमा मार हान्न सक्ने नयाँ मिसाइल परीक्षण गरेमा त्यसले आफूलाई निराश बनाउने छ ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार नेता किमले शनिबार बैठक उत्दघाटन गरेका थिए र आइतबार पनि उनले अध्यक्षता गरेका हुन् ।