अमेरिका । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “मायाको घर” को बिमोचन भएको छ ।
कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महत, नायक दिलिप रायमाझी लगायत कलाकारको सहभागिता रहेको थियो । उपस्थित कलाकारहरुले सयुक्त रुपमा उनका मायाको घर बिमोचन गरिएको थियो ।
कार्यक्रमको सभापतित्व समाजसेवी, बानाकि निर्वतमान अध्यक्ष तथा लक्का जवान कि निर्मात्री अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् । प्रमुख अतिथि महा बाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेम राजा महत रहेका थिए ।
गत शनिबार डिसेम्बर २८ का दिन बाल्टिमोरमा उनको गीति संग्रह “मायाको घर” को लोकार्पण गरिएको हो । लामो समयदेखि जापान बसोबास गर्दै आएका गीतकार बुढाथोकीले अमेरिका भ्रमणको अवसर पारेर नेपाली कलाकारहरुको बाक्लो बस्ती रहेको शहर बाल्टिमोरमा आफ्नो गीती संग्रहको बिमोचन गर्ने ईच्छा भएकोले बाल्टिमोरमा कलाकार बीच आफ्नो गीति संग्रह बिमोचन गर्न सफल भएका छन् ।
कार्यक्रममा लोक गायिका एवम् मोडल शान्ति भण्डारीले स्वागत गर्दै गीतकार लवकुमार बुढाथोकीको छोटो परिचय दिएकी थिइन् । उनले बुढाथोकी जापानमा बस्दा बुढाथोकी बिभिन्न कार्यक्रम गर्ने, चौतारी दोहोरी साँझ पनि संचालन गरेको र सन् २०१६ मा एक कार्यक्रममा लोक गायिका स्वयम् आफू तथा लोक गायक प्रेम राजा महतलाई बोलाएको स्मरण गर्दै सहभागी हुने सबै कलाकारलाई धन्यवाद दिएकी थिइन् ।
समारोहमा गीतकार लवकुमार बुढाथोकीको बारेमा छोटो वृतचित्र मार्फत परिचय प्रस्तुत गरिएको थियो भने उक्त गीति संग्रहमा रहेका ९ वटा गीतहरु रेकर्ड्स भएका छन् ।
बुढाथोकीले रचेका गीतहरुलाई नेपालका चर्चित गायक गायिका शिव परियार, उदय सोताङ्ग, मेलिना राई लगायतले स्वर दिएका छन् । बिमोचन कार्यक्रममा आफू निकै हर्षित भएको र कलाकारहरुको माझमा बिमोचन गर्न पाउँदा सौभाग्यशाली भएको बताए ।
उनले वरिष्ठ लोकगायक प्रेम राजा महतलाई मुक्त कण्ठले प्रशंसा गर्दै म अत्यन्तै खुशी भएको अभिब्यक्ति दिए । उनले अगाडी भने गायक भएर निस्केको मानिस गीतकार भए । र कसरी गीत लेखे भन्ने कुरा आफूलाई थाहै नभएको बताए ।
गीति संग्रह कार्यक्रममा नायक दिलिप रायमाझी ,कलाकार पूजा चन्द लामा ,गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाका अध्यक्ष डोलनाथ घिमिरे ,बाना अध्यक्ष सुबोध पन्त लगायतले मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि प्रेम राजा महतले गीतकार बुढाथोकीको प्रशंसा गर्दै उनि एक कालिगढ़ अर्थात् गीतकार हो । उनले यति राम्रो घर -मायाको घर बनाए ,सुन्दर मूल ढोका छ जहाँ बाल्टिमोरका सबै कलाकार अटाउने भन्दै चर्चा गरे ।
कार्यक्रममा सभापतित्व गरेकी समाज सेवी अनसुया श्रेष्ठ वन्तले गीतकार बुढाथोकीलाई शुभकामना दिईन । र उनले सानै देखि आफू पनि कलाकार हुने ईच्छा भएको तर आफू अमेरिका आउनु परेको बताईन ।
उनले अगाडी भनिन अमेरिकामा ब्यापारमा संलग्न हुदै समाज सेवामा लागे र हाल चलचित्र लक्का जवानमा आफूले पनि अभिनय गरेको र नायक दिलिप रायमाझि नायक रहेको जानकारी गराइन ।
कार्यक्रम संचालन सुरेश दर्पणले गरेका थिए भने कार्यक्रमममा नायक दिलिप रायमाझी ,नायिका पूजा लामा,ईनास मेरिल्याण्ड राज्य शाखाका अध्यक्ष सृजन ताम्राकार, नायिका मेलिना मानन्धर, कलाकार कन्हैया सिंह, बानाका संस्थापक अध्यक्ष मोहन थापा, एन्जेल ब्याण्डका राजु लामा, बानाका पूर्व अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया