
काठमाडौँ, १३ पुस । लगानी बोर्डले एकैपटक ३ वटा हाइड्रोपावरको लागि ८५ अर्ब बढी विदेशी लगानी स्वीकृत गरेको छ ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आउने ६५ अर्ब नेपाली रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ ।
त्यस्तै बोर्डद्वारा जारी विज्ञप्तिमा मर्स्याङ्दी बेसी जलविद्युत आयोजनामा ११ अर्ब ७७ करोड र माथिल्लो त्रिशुली थ्री बीका लागि आउने ८ अर्ब २२ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरिएको उल्लेख गरिएको छ ।















प्रतिक्रिया